काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सन्जाल टिकटकमा लगाइएको प्रतिबन्ध हटाउन सबै इन्टरनेट प्रदायकहरूलाई निर्देशन दिएको छ ।

सरकारले टिकटकमा लगाइएको प्रतिबन्ध शर्तसहित हटाउने निणर्य गरेको थियो । सोही निणर्यलाई आधार मानेर प्राधिकरणले आज सबै इन्टरनेट प्रदायकहरूलाई निर्देशन जारी गरेको हो । 

OM Sai Pathibhara Hospital

‘मन्त्रिपरिषद्को २०८९/०५/०६ गतेको बैठकबाट सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाईएको रोक हटाउने निणर्य भएको हुँदा अर्को निणर्य नहुँदासम्मको लागि टिकटकमा लगाईएको रोक हटाउन दूरसंचार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अघिल्लो वर्ष कात्तिकमा सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निणर्य गरेको थियो ।

tiktok