काठमाडौं- उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आर्थिक, सामाजिक र राजनीतिक रुपमा विश्वसनीय वातावरण सिर्जना भएको बताएका छन् । 

शुक्रवारबाट काठमाडौंमा सुरु भएको तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । 

OM Sai Pathibhara Hospital

उनले अहिले दुई ठूला राजनीतिक दलहरुको सरकार रहेको भन्दै नागरिकहरुले पनि विश्वासका साथ लिइरहेको बताए । 

अहिलेको सरकारलाई आर्थिक हिसावले मुलुकलाई अघि बढाउनुपर्ने जिम्मेवारी रहेको मन्त्री खड्काले बताए । 

उनले वर्तमान सरकार स्थायी सरकार भएकाले ढुक्क भएर लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरेका छन् । 

उनले मुलुकको लक्ष्य आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने र आन्तरिक खपत बढाउने रहेको भन्दै बताउनु सरकारको लक्ष्य अनुसार नै निजी क्षेत्रले साथ दिनुपर्ने बताए ।  

मन्त्री खड्काले सरकारले विभिन्न नीति नियमहरुको परिमार्जन र संशोधन गरिरहेको उल्लेख गर्दै आगामी दिनमा झनै सहज र सरल हुने प्रीतवद्धता जनाए ।