काठमाडौं–बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा गएराति आएको बाढीले दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो।

मृतकको पहिचान २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अवेशिक रेग्मीको रूपमा भएको छ। ती शव करिब दुई सय मिटर तल फेला परेका छन्। सोही ठाउँका २० वर्षीय कमल सापकोटा बाढीमा बेपत्ता भएका छन्। 

OM Sai Pathibhara Hospital

प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार‚ सापकोटा र रेग्मीको शव धौलागिरि अस्पताल बागलुङमा परीक्षणका लागि लगिएको छ । बेपत्ता कमलको खोजी जारी छ‚ तर हालको वर्षा कारण खोजीमा कठिनाइ भइरहेको छ ।