काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले निजामती कर्मचारीहरूलाई देशको स्थायी सरकार भन्दै सरकारको महत्वपूर्ण शारीरिक अङ्गका रूपमा प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘निजामती कर्मचारी हाम्रो स्थायी सरकार हुन् । सरकारले दिएको सेवा नागरिकसम्म पुर्याउन निजामती सेवा चुस्त र सक्षम हुनु जरुरी छ । जसरी शरीर स्वस्थ हुनका लागि सबै अङ्गले राम्रोसँग काम गर्नुपर्छ, त्यसैगरी नागरिकले सेवा पाउन निजामती कर्मचारीको भूमिकामा सफलता आवश्यक छ ।’

OM Sai Pathibhara Hospital

उनले देशभरका राष्ट्र सेवक कर्मचारीहरूलाई एउटै ताल र लयमा नागरिक सेवामा समर्पित हुने कामनासहित शुभकामना व्यक्त गरेका छन् ।