काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन गरिने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ ।आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो । आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । मातामह अर्थात् मामाघरका हजुरबुबाको श्राद्ध गर्नेले भने आइतबार श्राद्ध गर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए । मातामहको श्राद्ध कमैले गर्ने गरेका छन् ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा त
काठमाडाैं । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाहाखाले जनाएकाे छ । अहिले देशभरको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलि रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको महाशाहाखाले जनाएकाे छ ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने कोशी, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा सुदरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाहाखाले जनाएकाे छ ।आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भ
काठमाडौँ । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ । बालुवाटारमा बिहीबार बसेको बैठकले माओवादीलाई मुख्यमन्त्री दिने सहमति गरेको हो । संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म समय दिइएको छ । यो उपधारामा प्रदेशसभाको बहुमत सदस्यको समर्थन जुटाउनेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान छ । मुख्यमन्त्री बन्न संसदीय दलको नेता नै आवश्यक नपर्ने भएपछि गठबन्धनभित्रै आकांक्षा राख्ने नेताहरूको संख्या बढेको थियो । गठबन्धनसँग मुख्यमन्त्री दाबी गर्न आवश्यक सं
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ।आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
काठमाडौं । बझाङमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ ।गएराति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । ५.२ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।पछिल्लो समय बझाङ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ । गत असोज १६ गते बझाङ केन्द्र भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले घर भत्काउँदा एक महिलाको मृत्यु भएको थियो ।
काठमाडाैं । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी
काठमाडौं । नेपाल टेलिकमले असोज २५ गते बिहीबारदेखि लागू हुनेगरी अटम अफर ल्याएको छ । विभिन्न भ्वाइस तथा डाटा अफरलाई अझ आकर्षक बनाउन कम्पनीले उक्त अफर ल्याएको हो ।कम्पनीले उक्त अफर अन्तर्गत अनलिमिटेड अन-नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने छ । त्यसैगरी, सोही अनलिमिटेड अन-नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रुपैयाँमै बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने पनि कम्पनीले बताएको छ ।त्यस्तै, अल नेट भ्वाइस प्याक अन्तर्गत १८ रुपैयाँमा १ दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल
काठमाण्डौ । विगत केही वर्षदेखिको बजेट वक्तव्यमार्फत घरजग्गा कारोबार गर्नेहरूले पनि लाइसेन्स लिनुपर्ने भनी गर्दै आएको घोषणा कार्यान्वयन हुने भएको छ । सरकारले मालपोत ऐन, २०३४ संशोधनमार्फत घरजग्गा कारोबार गर्नका लागि लाइसेन्स अनिवार्य गर्न लागेको हो ।केही नेपाल ऐन संशोधन विधेयकलाई संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिले परिमार्जनसहित पारित गरेपछि यो ऐन सदनबाट पारित हुन सहज हुने भएसँगै लाइसेन्स अनिवार्य हुने भएको हो ।संशोधित ऐनमा लाइसेन्स नलिई घरजग्गा कारोबार गरेमा काराबाही हुने उल्लेख गरिएको छ । संशोधित ऐनमा लाइसेन्सको अवधि ५ वर्षको हुने र कारोबार गर्न चाहनेले दिएको नि
काठमाण्डौ । कञ्चनपुरमा अवैध सामानसहित एक जना व्यापारी पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ का बिष्णु गुप्तालाई उनकै घरबाट करिब नौँ लाख मुल्य बराबरका अवैध सामानसहित प्रहरीले पक्राउ गरेको हो।सामानहरु क्यारिङ गर्ने व्यक्तिहरुको पिछा गर्दै जाँदा गुप्ताले घरमा संचालन गरेको पसलबाट र उनकै भीमदत्त नगरपालिका–१८ मा रहेको गोदाममा अवैध रुपमा भन्सार छलीका करिब नौँ लाख मुल्य बराबरका खाद्यान्न सामाग्री र किराना सामानहरु फेला पारी नियन्त्रयमा लिएको हो।बरामद गरेको सामान र गुप्तालाई कारबाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी प्रवक्ता प्रहर
काठमाण्डौ । सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको रामग्रामबाट ठुलो परिमाणमा पटका बरामद गरेको छ । सशस्त्र प्रहरीको परासी स्थीत कमान्ड पोष्टको टोलीले रामग्राम १२ कुनुवार बाट प्रदेश ३ ००१ च ११३८ नम्बरको पिकअप र चालक सहित साढे ९ लाख बराबरको पटका नियन्त्रणमा लिएको हो । भारतबाट महेसपुर भन्सार नाका हुदै भित्र्याईको पटका विक्रिका लागी लाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल २६ नम्बर गणका प्रहरी नायव उपरिक्षक यज्ञमान साउदले जानकारी दिनुभयो। कमान्ड पोष्टका सशस्त्र प्रहरी निरिक्षक केशव भट्टराईको कमान्डमा रहेको टोलीले तिव्र गतिमा रहेको पिकअपलाई शंका लागी चेकजाँच गर्ने क्रममा पटका
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.