काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवाका कर्मचारीहरूलाई भ्रष्टाचारमुक्त नेपाल निर्माणमा सक्रिय भूमिका खेल्न अनुरोध गरेका छन् । सिंहदरबारमा आयोजित २१औं निजामती सेवा दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले निजामती सेवाका कर्मचारीहरूलाई जनतालाई सहज र प्रभावकारी सेवा प्रदान गर्दै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको रूपमा स्थापित गर्न आग्रह गरेका हुन् । उनले सुशासनको कायम गर्न कर्मचारीहरूले इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिँदै भ्रष्टाचारमा संलग्न नहुन चेतावनी पनि दिए ।

ओलीले कर्मचारीहरुलाई भ्रष्टाचार नगर्न र नेताहरूलाई पनि त्यसो गर्न नदिन आग्रह गर्दै भने, ‘भ्रष्टाचार जस्तो दुष्कर्ममा सहभागी नहुनुस् । तपाईँहरुलाई प्रयोग नगरी नेताहरुले पनि भ्रष्टाचार गर्न सक्दैनन् । भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुस् ।’ प्रधानमन्त्री ओलीले चुनौती दिएर भने, ‘म आफू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि त्यसो गर्न दिन्नँ । नेपाललाई हर तरहले समृद्ध बनाउन हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ ।’

OM Sai Pathibhara Hospital

उनले जनतासँग सिधा सरोकार राख्ने सेवामा ढिलासुस्ती नगर्न निर्देशनसमेत दिएका छन् । प्रधानमन्त्री ओलीले सरकारको नेतृत्वमा रहेका पार्टीहरूले निजामती सेवा विधेयकलगायतका महत्त्वपूर्ण विधेयकलाई शीघ्र पारित गर्ने प्रतिबद्धता जनाउँदै, कर्मचारीहरूको टे«ड युनियन अधिकारलाई पनि सम्मान गर्ने स्पष्ट गरेका छन् ।