जाजरकोट- जाजरकोटको बारेकोट गाउँपालिका-६ धुमामा पहिरोले घर पुरिँदा दम्पत्तिको मृत्यु भएको छ । 

गएराति स्थानीय मान बहादुर चलाउनेको घर पहिरोले पुरिँदा मानबहादुर र उनकी श्रीमती प्रेमकुमारी चलाउनेको मृत्यु भएको छ र 

OM Sai Pathibhara Hospital

पहिरोले घरसँगै पुरिएका चलाउने दम्पतीको शव आज बिहान स्थानीय र प्रहरीले निकालेको डीएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए । 

पहिरोमा पुरिएर गम्भिर घाइते भएका ११ वर्षीय छोरी सम्झनाको उद्धार गरी उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको छ । 

घटना राती १ बजे नै भएपनि प्रहरी बिहान ६ बजे पुगेर बालिकाको उद्धार गरिएको डीएसपी पाण्डेले बताए । 

मृतक प्रेमकुमारी वडा सदस्य हुन् । रातभर पानी परेकाले उद्धारमा कठिनाइ भएको थियो ।