काठमाडौं–पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारी सभ्यताको साझापन र आत्मनिर्भर अर्थतन्त्रलाई समाजवादसँग मिल्दोजुल्दो बताउँदै यसको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । 

ललितपुरको खोकनामा आयोजित बाह्र वर्षे मेलाको समापनमा उनले नेवार समुदायको आत्मनिर्भरता र सांस्कृतिक मौलिकता देशको समाजवादी व्यवस्थाको उदाहरण भएको बताए । 

OM Sai Pathibhara Hospital

प्रचण्डले दश वर्षे जनयुद्ध र जनआन्दोलनमा नेवाः समुदायको ऐतिहासिक योगदान स्मरण गर्दै संविधानमार्फत सबै समुदायको अधिकार सुनिश्चित भएको र अब समाजवादको सपना पूरा गर्न नेवाः समुदायको भूमिका निर्णायक हुने विश्वास व्यक्त गरे ।