काठमान्डौ । कर्णाली राजमार्ग अन्तर्गत कालीकोटमा शनिबार दिउँसो एक माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। जुम्लाको सिञ्जादेखि सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको माइक्रोबस तिलागुफा नगरपालिका–५, खल्लागाडमा दुर्घटनाग्रस्त भएको हो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्द चौधरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर रहेको छ भने घाइतेहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको छ। माइक्रोबसमा १८ जना सवार थिए, र प्रारम्भिक अनुसन्धानअनुसार गाडीको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ।

OM Sai Pathibhara Hospital

दुर्घटनापछि गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ, र थप अनुसन्धान जारी रहेको जानकारी दिइएको छ।