काठमाडौं–बाँकेको जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको झाडाबान्ताका कारण मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार, मृतकको स्वास्थ्य परीक्षणमा हैजाको जीवाणु देखिएको छैन ।  उनले खानेपानीको अभाव र समयमा उपचार नपाउँदा मृत्यु भएको हुनसक्ने जानकारी गराए ।

OM Sai Pathibhara Hospital

हाल, जानकी गाउँपालिकामा तीन जनामा झाडाबान्ताका लक्षण फेला परेका छन् । तीमध्ये एकजनालाई भेरी अस्पतालमा र अर्का एकजनालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

एकजना भने उपचारपछि घर फर्किएका छन् । यसअघि, जिल्लाको नरैनापुर क्षेत्रमा झाडाबान्ता र अन्य स्वास्थ्य समस्याका कारण पाँचजनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।