काठमाडौं– कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गए राति परेको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार, अवरुद्ध राजमार्गलाई पुनः सञ्चालनको प्रयास जारी छ । गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ, जसकारण यात्रुहरूको आवागमनमा ठूलो समस्या सिर्जना भएको छ । 

OM Sai Pathibhara Hospital

राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालिकोट र मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौँतर्फ जान चाहने सवारीसाधनका यात्रीहरू अलपत्र परेका छन् ।