समाचार

    Showing 16,531-16,540 of 25,875 items.
  • प्रधानसेनापति सिग्देललाई महारथी चिह्न प्रदान

    काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा विशेष समारोहको आयोजना गर्दै प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको चिह्न प्रदान गरेका छन् । समारोहमा प्रधानसेनापति सिग्देलले नेपाली सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा औपचारिक रूपले कमाण्ड सम्हालेका हुन् । सिग्देलले स्वदेश र विदेशमा सैन्य शिक्षा प्राप्त गर्दै ३८ वर्षको सैन्य सेवामा विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू निर्वाह गरेका छन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव‚ प्रधानमन्त्री केपी शर्मा ओली‚ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ‚ सभामुख देवराज घिमिरे‚ र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी थि

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 269 पटक पढिएको
  • संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा सुरु हुँदै, १० असोजमा प्रधानमन्त्रीको सम्बोधन

    काठमाडौं–संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा १० सेप्टेम्बरबाट सुरु हुँदैछ । ‘कसैलाई पनि पछाडि नछाडौँः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दीगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य’ भन्ने नारामा आधारित महासभामा, उच्चस्तरीय साधारण छलफल ८ असोजदेखि १२ असोजसम्म हुनेछ र समापन १४ असोजमा हुनेछ ।प्रधानमन्त्री केपी शर्मा ओली १० असोजमा महासभालाई सम्बोधन गर्नेछन् । विश्वव्यापी रूपमा देखापरेको युद्धको जटिल अवस्था, कोरोनापश्चातको मूल्यवृद्धि, जलवायु परिवर्तन, खाद्य सङ्कट लगायतका विषयमा छलफल हुनेछ। यस महासभामा नेपालका लागि विशेष महत्त्व छ, विशेषगरी संघीय संसदले पारित गरेको सङ्क्रमण

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 401 पटक पढिएको
  • टरिगाउँमा अब शुक्रबार मात्र उडान

    काठमाडौं–नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा हप्तामा केवल प्रत्येक शुक्रबार उडान गर्ने निर्णय गरेको छ । निगमका दाङ प्रमुख बलबहादुर सुनारले एक मात्र जहाज सक्रिय भएको र अर्को ग्राउन्डेड भएकाले यो निर्णय लिएको जानकारी दिए ।प्रत्येक शुक्रबार दिउँसो १२:०० बजे टरिगाउँ पुग्ने र १२:२० बजे फर्किने उडानको व्यवस्था गरिएको छ । दाङबाट काठमाडौं आउनका लागि भाडा रु ७‚१०० र काठमाडौंबाट दाङ जानकालागि रु ७‚२५० छ ।हाल‚ दाङबाट काठमाडौं आउनका लागि यात्रु नपाइने अवस्था छ‚ र नियमित सेवा नहुँदा यात्रुहरू अन्य गन्तव्यहरूमा जान बाध्य छन् । टरिगाउँ विमानस्थलको नियमित सेवा सुनिश्चित गर्न थप प्रयास गर्न

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 215 पटक पढिएको
  • श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

    काठमाडौं–आज बिहान त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक रूपमा अवतरण भएको छ । श्री एयरलाइन्सको एसएचए १२१ विमान सुर्खेतको उडान भरेको केही समयमा अवतरण भएको हो । प्राविधिक समस्या भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएको थियो । विमानको ‘नोज ह्विल लक’ समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका स्रोतले जानकारी दिएको छ । अवतरणका क्रममा विमान केही समयका लागि धावनमार्गमा रोकिएको थियो । यो श्री एयरलाइन्सको आजको पहिलो उडान थियो, र हाल उडान सेवामा सामान्यता फर्किएको छ। कम्पनीका बजार प्रबन्धक अनिल मानन्धरका अनुसार, प्रभावित यात्र

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 335 पटक पढिएको
  • झापामा भारतीय नम्बर प्लेटका गाडिबाट कपडा तस्करि

    झापा ।  झापाको काँकडभिट्टा नाकाबाट भारतीय नम्बर प्लेटका कारबाट अवैध रुपमा भन्सार छलेर लत्ताकपडा भित्राउने गरेको छ ।लत्ताकपडा हालेर सोझै भन्सार अगाडिबाटै सरसामान लैजाने ३ वटा भारतीय नम्बर प्लेटका कार नियन्त्रणमा लिएसँगै सो घटना बाहिर आएको हो । झापा प्रहरीले अवैध समान ओसारपसारको आरोपमा ३ वटा कारसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं.६ भन्सार गेट पछाडि भारतबाट नेपाल तर्फ आउँदै गरेका भारतीय नम्बरका कारहरूलाई  चेकजाँच गर्दा भन्सार छली गरी अवैध रूपमा ने

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 1,113 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।    देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र कर्णाली प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।आज राती देशभर आंशिक

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 326 पटक पढिएको
  • सरकारी कार्यालयको खाजा समय घटाइयो, हेलो सरकारमा गुनासो गर्न प्रधानमन्त्रीको आह्वान

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयका कर्मचारीहरूको खाजा समय लामो भएको भन्दै यसलाई घटाउने निर्णय गरेका छन्। फेसबुकमार्फत जानकारी दिदैँ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ।  खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन।’ पहिले कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएको भन्दै प्रधानमन्त्रीले अबदेखि सबै कार्यालयमा खाजा समय १ः३० देखि २ बजेसम्म कायम गरिने बताएका छन् । उनले भने, कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेक

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 557 पटक पढिएको
  • हवाई दुर्घटना जाँचबुझका लागि छुट्टै संस्था बन्छ : पर्यटनमन्त्री

    काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटना जाँचबुझका लागि छुट्टै संस्था स्थापना गर्ने घोषणा गरेका छन् । नेपालमा हवाई दुर्घटनापछि गठित छानविन समितिको विश्वसनीयतामाथि प्रश्न उठाउने काम भईरहेका बेला मन्त्री पाण्डेले सो कुरा बताएका हुन् । उनले त्यसका लागि आवश्यक ऐन बनाउनका लागि सरकारले गृहकार्य गरिरहेको पनि बताए । भक्तपुरमा आज आयोजित ‘नेपालमा हवाई सुरक्षा’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले हवाई दुर्घटना छानविनका लागि जाँचबुझ गर्ने छुट्टै निकाय बनाउने अभ्यास अन्य देशहरुमा पनि भएकाले सरकारले पनि त्यसलाई बनाउने तयारी गर

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 499 पटक पढिएको
  • चेक अनादर मुद्धा : दोषी ठहरिए पाँच प्रतिशत जरिवानासहित दुई वर्षसम्म कैद सजाय

    काठमाडौं- चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने भएको छ ।प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको आज बसेको बैठकले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलमा उक्त सहमति भइ सर्वसम्मत रुपमा पारित गरेको हो । संशोधन विधेयकमा सहमति भएसँगै चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुनेछ । दफावार छलफलमा बोल्दै समिति सभापति सन्तोष चालिसेले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा चेक अनादर प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित एक महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय व्यवस्था गर्ने विषयमा सर्वस

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 371 पटक पढिएको
  • खोला किनार संरचना बनाउन थप २० मिटर छोड्नुपर्ने फैसला रिभ्यु गर्नुपर्छः मुख्यसचवि अर्याल

    काठमाडौं- मुख्यसचिव एकनारायण अर्यालले काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला पुनरावलोकन गर्नुपर्ने बताएका छन् । आज नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुको भेटमा मुख्य सचिव अर्यालले अदालतको फैसला कार्यान्वयन गर्दा अफ्ठ्यारो पर्ने अवस्था रहेकाले फैसला पुनरावलोकन गर्नुपर्ने बताएका छन् । उनले फैसला सम्बन्धमा सरकारको धारणा पेश गर्ने तयारी भइरहेको बताए । उनले भने,‘ काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला रिभ्यु (पुनरावलोकन) गर्नुपर्छ । केही कुराहरु राम्रा आएका छन् । महानगर र सरकारले गर्नुपर्न

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 492 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.