झापा ।  झापाको काँकडभिट्टा नाकाबाट भारतीय नम्बर प्लेटका कारबाट अवैध रुपमा भन्सार छलेर लत्ताकपडा भित्राउने गरेको छ ।लत्ताकपडा हालेर सोझै भन्सार अगाडिबाटै सरसामान लैजाने ३ वटा भारतीय नम्बर प्लेटका कार नियन्त्रणमा लिएसँगै सो घटना बाहिर आएको हो । FB_IMG_1725823713111

झापा प्रहरीले अवैध समान ओसारपसारको आरोपमा ३ वटा कारसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं.६ भन्सार गेट पछाडि भारतबाट नेपाल तर्फ आउँदै गरेका भारतीय नम्बरका कारहरूलाई  चेकजाँच गर्दा भन्सार छली गरी अवैध रूपमा नेपाल तर्फ ल्याउँदै गरेको सुचनाका आधारमा नियन्त्रणमा लिएको हो ।Screenshot_2024_0909_011527

भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी ७४ एन ६८७८, डब्लुबी ७४ पी ७७९९ र डब्लुबी ७४ एन ८५६२ नम्बरको भारतीय कारसहित ३ जना चालकलाई नियन्त्रणमा लिएको छ । ती कारहरू भित्र लुकाइछिपाई ल्याएको अन्दाजी ३ लाख ९९ हजार १ सय रुपैयाँ बराबरको पुरुष ट्राउजर ११० पिस, लेडिज ट्राउजर ४२ पिस, रुमाल १२५० पिस, लेडिज सर्ट २२ पिस, कुर्था ३२ पिस, भेष्ट ५३ पिस , लेडिज ब्रा ५२८ पिस, लेडिज भेष्ट १८ पिस, कुर्थी १० पिस र लेडिज सर्ट १७ पिस फेला परेको थियो ।FB_IMG_1725823708396

पक्राउ पर्नेमा ४२ वर्षीय राम दयाल बर्मन, ३३ वर्षीय अमित राय र ४६ वर्षीय राज कुमार घोस रहेका छन् । कुल २४ लाख बराबरको समान र चालकलाई मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।