काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटना जाँचबुझका लागि छुट्टै संस्था स्थापना गर्ने घोषणा गरेका छन् । 

नेपालमा हवाई दुर्घटनापछि गठित छानविन समितिको विश्वसनीयतामाथि प्रश्न उठाउने काम भईरहेका बेला मन्त्री पाण्डेले सो कुरा बताएका हुन् । 

OM Sai Pathibhara Hospital

उनले त्यसका लागि आवश्यक ऐन बनाउनका लागि सरकारले गृहकार्य गरिरहेको पनि बताए । 

भक्तपुरमा आज आयोजित ‘नेपालमा हवाई सुरक्षा’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले हवाई दुर्घटना छानविनका लागि जाँचबुझ गर्ने छुट्टै निकाय बनाउने अभ्यास अन्य देशहरुमा पनि भएकाले सरकारले पनि त्यसलाई बनाउने तयारी गरेको स्पष्ट पारे । 

मन्त्री पाण्डेले हवाई सुरक्षालाई ध्यानमा राखेर सरकारले गैर सैनिक हवाई ऐनलाई परिमार्जन गर्ने कामलाई पनि अघि बढाएको बताए । 

मन्त्री पाण्डेले सरकारले हवाई दुर्घटनामा परेकाहरुलाई बिमाको दायरामा ल्याउने नीतिगत व्यवस्था पनि गर्ने बताए ।