काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयका कर्मचारीहरूको खाजा समय लामो भएको भन्दै यसलाई घटाउने निर्णय गरेका छन्। फेसबुकमार्फत जानकारी दिदैँ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ।  खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन।’ 

पहिले कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएको भन्दै प्रधानमन्त्रीले अबदेखि सबै कार्यालयमा खाजा समय १ः३० देखि २ बजेसम्म कायम गरिने बताएका छन् । उनले भने, कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १.३० देखि २ बजेसम्म कायम गरिएको छ। ’

OM Sai Pathibhara Hospital

यदि कुनै पनि सरकारी कार्यालयले यो निर्णयको उल्लंघन गरेको पाइएमा सेवाग्राहीले ‘हेल्लो सरकार’ मा गुनासो गर्न सक्ने प्रधानमन्त्रीले जानकारी दिए । उनले भने, ‘कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ ।’