काठमाडौं–आज बिहान त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक रूपमा अवतरण भएको छ । श्री एयरलाइन्सको एसएचए १२१ विमान सुर्खेतको उडान भरेको केही समयमा अवतरण भएको हो । प्राविधिक समस्या भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएको थियो । 

विमानको ‘नोज ह्विल लक’ समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका स्रोतले जानकारी दिएको छ । अवतरणका क्रममा विमान केही समयका लागि धावनमार्गमा रोकिएको थियो । यो श्री एयरलाइन्सको आजको पहिलो उडान थियो, र हाल उडान सेवामा सामान्यता फर्किएको छ। कम्पनीका बजार प्रबन्धक अनिल मानन्धरका अनुसार, प्रभावित यात्रुलाई अर्को विमानमार्फत सुर्खेत पठाइएको जानकारी गराए ।