काठमाडौं–नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा हप्तामा केवल प्रत्येक शुक्रबार उडान गर्ने निर्णय गरेको छ । निगमका दाङ प्रमुख बलबहादुर सुनारले एक मात्र जहाज सक्रिय भएको र अर्को ग्राउन्डेड भएकाले यो निर्णय लिएको जानकारी दिए ।

प्रत्येक शुक्रबार दिउँसो १२:०० बजे टरिगाउँ पुग्ने र १२:२० बजे फर्किने उडानको व्यवस्था गरिएको छ । दाङबाट काठमाडौं आउनका लागि भाडा रु ७‚१०० र काठमाडौंबाट दाङ जानकालागि रु ७‚२५० छ ।

हाल‚ दाङबाट काठमाडौं आउनका लागि यात्रु नपाइने अवस्था छ‚ र नियमित सेवा नहुँदा यात्रुहरू अन्य गन्तव्यहरूमा जान बाध्य छन् । टरिगाउँ विमानस्थलको नियमित सेवा सुनिश्चित गर्न थप प्रयास गर्नुपर्ने आवश्यकता रहेको छ ।