काठमाडौं–संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा १० सेप्टेम्बरबाट सुरु हुँदैछ । ‘कसैलाई पनि पछाडि नछाडौँः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दीगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य’ भन्ने नारामा आधारित महासभामा, उच्चस्तरीय साधारण छलफल ८ असोजदेखि १२ असोजसम्म हुनेछ र समापन १४ असोजमा हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली १० असोजमा महासभालाई सम्बोधन गर्नेछन् । विश्वव्यापी रूपमा देखापरेको युद्धको जटिल अवस्था, कोरोनापश्चातको मूल्यवृद्धि, जलवायु परिवर्तन, खाद्य सङ्कट लगायतका विषयमा छलफल हुनेछ। यस महासभामा नेपालका लागि विशेष महत्त्व छ, विशेषगरी संघीय संसदले पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले विश्वसामु सकारात्मक सन्देश प्रेषित गर्न सक्ने छ ।

OM Sai Pathibhara Hospital

नेपालले शान्ति स्थापनाका लागि खटाएका सुरक्षाकर्मीहरूको योगदान र दिगो विकासको लक्ष्य हासिल गर्ने प्रतिबद्धतामा उच्चस्तरीय सहभागिता जनाउनेछ।