समाचार

    Showing 16,481-16,490 of 25,875 items.
  • वि.सं. २०८१ भदौँ २९ गते शनिबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)समय राम्रो छ। व्यापारबाट आम्दानी हुनेछ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। स्वास्थ्य लाभ हुने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)परिवारको रचनात्मक साथ प्राप्त हुनेछ। आफन्तले सहयोग गर्नेछन्। स्वदेशमा अवसरको सिर्जना हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)आफन्तको विश्वास गर्नाले घाटा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)स्वास्थ्यमा सम

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 699 पटक पढिएको
  • बझाङ केन्द्रबिन्दु भएर भूकम्प

    काठमाण्डौ । शुक्रबार राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो।भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा सामान्य महसुस भएको छ।

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 473 पटक पढिएको
  • झापा‌मा छुरा प्रहार

    झापा  ।   झापाको बिर्तामोडस्थित महानन्द चोकमा अहिले साँझ एक अपरिचित युवतीमाथि छुरा प्रहार भएको छ ।अपरिचित युवकले उनलाई पक्रिएर लगातार छुरा प्रहार गरेका थिए । घटनाको स्थानीयले प्रतिकार गर्दा उनी भागेका थिए । उनलाई अर्जुनधारा ६ मा स्थानीयले पक्रिन सफल भएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई बोलाएर युवकलाई जिम्मा लगाएका थिए ।युवक र युवतीको नाम थाहा हुन सकेको छैन। परिचय नखुलेको युवाले छुरा प्रहार गर्दा युवतीको मृत्यु भएको छ । घटनामा गम्भिर घाईते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।एक अपरिचित युवाले उनलाई पक्रिएर लगातार छुरा प्रहार गरेका थिए । स्थानीयले घटनाको प्रतिकार गर्दा

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 537 पटक पढिएको
  • सहकारी समितिमा गृहमन्त्रीको जवाफ : मलेसियामै गएर खोजपनि जीबी राई फेला परेन

    काठमाडौं - गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा फरार रहेका जीबी राई खोज्न नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पुगे पनि प्रगति नभएको बताएका छन् । आज सहकारी छानबिन समितिमा उपस्थित भएर गृहमन्त्री लेखकले सो जानकारी गराएका हुन् । समितिले फरार रहेका व्यक्तिहरुको सूची उपलब्ध गराएर गृह मन्त्रालयलाई खोजीदिन आग्रह गरेको थियो । त्यही विषयमा आज गृह मन्त्री लेखकलाई बोलाएर सोधेको थियो ।लेखकले फरारको सूचीमा रहेका जीबी राईको खोजी गर्न दुई प्रहरी मलेसिया पठाएपनि कुनै प्रगति हुन नसकेको जवाफ दिएका थिए ।

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 428 पटक पढिएको
  • भारतीय कम्युनिष्ट नेता यचुरीको अन्तिम संस्कारमा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल सहभागी हुने

    काठमाडौं- भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सिताराम यचुरीको अन्तिम संस्कारमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी हुने भएको छ । आज सम्पन्न एमाले सचिवालय बैठकले महासचिव यचुरीको निधनप्रति दुःख व्यक्त गर्दै उनको अन्तिम संस्कारमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको टोली नयाँ दिल्ली पठाउने निणर्य गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । भारतीय कम्युनिष्ट नेता यचुरीको गत बिहीवार ७२ वर्षको उमेरमा नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 257 पटक पढिएको
  • भोटेकोशीमा बोलेरो खस्यो, गोताखोर टोलीको सहयोगमा निकाल्ने प्रयास जारी

    काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ स्थित भोटेकोसी नदीमा बोलेरो खसेको छ । आज दिउँसो बाह्रबिसे, तातोपानी जाने सडकखण्डको बोडरल्यान्डस्थित भोटेकोशी नदीमा बोलेरो खसेको हो ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरञ्जन भट्टराईका अनुसार भोटेकोशीमा खसेको गाडीको केही भाग देखिएको छ ।बोलेरोलाई क्रेन लगाएर निकाल्ने प्रयास गरिए पनि नदीमा आएको बाढीका कारण असफल भएको भट्टराईले बताए । डीएसपी भट्टराईका अनुसार घटना थाहा भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर टोलीले गाडी र त्यसमा सवार यात्रुको खोजी गरिरहेको छ ।बोलेरो पूरै नदीमा डुबेकाले नम्बर पनि पहिचान गर्न

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 326 पटक पढिएको
  • संसदीय समितिमा सांसदहरुको माग : खेतीयोग्य जमिन बाँझो राख्नेलाई कारबाही होस्

    काठमाडौं- प्रतिनिधि सभाका सांसदहरुले जमिन बाँझो राख्नेहरुलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा बोल्दै उनीहरुले खेतीयोग्य जमिन २ वर्षसम्म बाँझो राख्नेलाई कारबाही हुने कानूनी व्यवस्था कार्यान्वयनमा लैजान सरकारलाई सचेत गराएका हुन् । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले युरोप र अमेरिकामा पनि खेतीयोग्य जमिन बाँझो राख्नेलाई कारबाही गर्ने चलन रहेकाले नेपालमा पनि कानूनसम्मत ढंगले त्यस्ता व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन दबाब दिइन् । उनले शैक्षिक विदामा बस्ने तर अरु प

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 242 पटक पढिएको
  • हिन्दु राज्य पुनःस्थापनाको मागसहित काठमाडौंमा र्‍याली

    काठमाडौं- नेपाललाई हिन्दु राज्य पुनःस्थापना गर्ने मागसहित विश्व हिन्दु महासंघले राजधानीमा र्‍याली निकालेको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न हिन्दुवादी तथा राष्ट्रवादी संघसंगठनको प्रतिनिधिमुलक सहभागितामा शुक्रवार माईतीघर मण्डलाबाट र्‍याली निकालिएको हो । देशमा धर्मान्तरण एक मुख्य समस्या र चिन्ताको विषय भएकोले त्यस्तो धर्मान्तरणमा रोक लगाउनुपर्ने मागसहित शान्तिपूणर् र्‍याली गरिएको र्‍यालीमा उपस्थितहरुले बताएका छन् ।

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 445 पटक पढिएको
  • अध्यक्ष प्रचण्डद्वारा बागलुङ सवारी दुर्घटनाप्रति दु:ख व्यक्त

    काठमाडौं–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बागलुङमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन् । अध्यक्ष दाहालले आफ्नो पार्टीकी महिला नेतृ रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, उहाँकी आमा गोपीमाया बुढा, र सोही पालिकाका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको निधनले आफू स्तब्ध भएको उल्लेख गरेका हुन् । सामाजिक सञ्जालमार्फत उनले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनले लेखेका छन, हाम्रो पार्टीका महि

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 519 पटक पढिएको
  • प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ, संवैधानिक परिषद् बैठक आज बस्दै

    काठमाडौं–सर्वोच्च अदालतको प्रधानन्यायाधीश पद रिक्त हुने समय नजिकिँदै जाँदा सरकारले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि तीव्र गतिविधि गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संवैधानिक परिषद्को बैठक बोलाएर यस विषयमा निर्णय लिने भएका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १९ देखि अवकाश पाउने भएपछि भदौ १९ भित्रै नयाँ नियुक्तिका लागि सिफारिस गरिसक्नुपर्ने संवैधानिक बाध्यता थियो । तर, विभिन्न कारणले यो प्रक्रियामा ढिलाइ भएको हो । न्याय परिषद्ले वरिष्ठताको आधारमा आठ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाइसकेको छ।प्रधानमन्त्री ओलीले परिषद् बैठक बस्नुअघि सत्तारूढ दल

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 289 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.