काठमाडौं- भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सिताराम यचुरीको अन्तिम संस्कारमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी हुने भएको छ । 

आज सम्पन्न एमाले सचिवालय बैठकले महासचिव यचुरीको निधनप्रति दुःख व्यक्त गर्दै उनको अन्तिम संस्कारमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको टोली नयाँ दिल्ली पठाउने निणर्य गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

भारतीय कम्युनिष्ट नेता यचुरीको गत बिहीवार ७२ वर्षको उमेरमा नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।