काठमाडौं–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बागलुङमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन् । 

अध्यक्ष दाहालले आफ्नो पार्टीकी महिला नेतृ रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, उहाँकी आमा गोपीमाया बुढा, र सोही पालिकाका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको निधनले आफू स्तब्ध भएको उल्लेख गरेका हुन् । सामाजिक सञ्जालमार्फत उनले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । 

OM Sai Pathibhara Hospital

उनले लेखेका छन, हाम्रो पार्टीका महिला नेता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष क. भुपेन्द्रा बुढा मगर, उहाँकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको बाग्लुङमा भएको सडक दुर्घटनामा निधन भएको खबरले स्तब्ध बनाएको छ। उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।