काठमाडौं - गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा फरार रहेका जीबी राई खोज्न नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पुगे पनि प्रगति नभएको बताएका छन् । 

आज सहकारी छानबिन समितिमा उपस्थित भएर गृहमन्त्री लेखकले सो जानकारी गराएका हुन् । 

OM Sai Pathibhara Hospital

समितिले फरार रहेका व्यक्तिहरुको सूची उपलब्ध गराएर गृह मन्त्रालयलाई खोजीदिन आग्रह गरेको थियो । त्यही विषयमा आज गृह मन्त्री लेखकलाई बोलाएर सोधेको थियो ।

लेखकले फरारको सूचीमा रहेका जीबी राईको खोजी गर्न दुई प्रहरी मलेसिया पठाएपनि कुनै प्रगति हुन नसकेको जवाफ दिएका थिए ।