काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ स्थित भोटेकोसी नदीमा बोलेरो खसेको छ । 

आज दिउँसो बाह्रबिसे, तातोपानी जाने सडकखण्डको बोडरल्यान्डस्थित भोटेकोशी नदीमा बोलेरो खसेको हो ।

OM Sai Pathibhara Hospital

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरञ्जन भट्टराईका अनुसार भोटेकोशीमा खसेको गाडीको केही भाग देखिएको छ ।

बोलेरोलाई क्रेन लगाएर निकाल्ने प्रयास गरिए पनि नदीमा आएको बाढीका कारण असफल भएको भट्टराईले बताए । 

डीएसपी भट्टराईका अनुसार घटना थाहा भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर टोलीले गाडी र त्यसमा सवार यात्रुको खोजी गरिरहेको छ ।

बोलेरो पूरै नदीमा डुबेकाले नम्बर पनि पहिचान गर्न सकिएको छैन । गाडीको थोरै भाग मात्रै देखिएकाले क्रेनले तानेर निकाल्न पनि समस्या भएको प्रहरीको भनाई छ । 

बोलेरोमा कति मानिस थिए र कहाँका लागि छुटेको हो भन्ने बारेमा खुलेको छैन ।