समाचार

    Showing 16,301-16,310 of 25,875 items.
  • बर्दघाट–दाउन्ने सडकखण्ड पूर्ण रूपमा बन्द हुने

    काठमाडौं– अविरल वर्षाका कारण नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित दाउन्ने जंगलको खुर्साने खोलामा पूर्व–पश्चिम राजमार्गको रिटेनिङ वाल भत्किएपछि करिब ४ मिटर सडक भासिएको छ ।यस घटनाले विद्युत् प्रसारणको हाइटेन्सन टावर समेत ढलेको छ, जसका कारण यस सडकखण्डमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । यस समस्याको समाधानको लागि असोज १५ गते राति १० बजेदेखि असोज १६ गते बिहान ५ बजेसम्म बर्दघाट बजारदेखि दाउन्ने बजारसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधनको आवागमन बन्द गरिने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 482 पटक पढिएको
  • एमालेले सरकारी राहत कोषमा ५० लाख जम्मा गर्ने

    काठमाडौं— नेकपा (एमाले) को मङ्गलबार बसेको सचिवालय बैठकले ५० लाख रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा एक अर्ब रकम उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।एमालेको सचिवालय बैठक लगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाको काममा लाग्न आह्वान गरेका छन् । 

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 399 पटक पढिएको
  • फेरि पूर्वबाट मौसममा बदली सुरु, कोशीको आकाश बादलले ढाक्यो

    काठमाडौं– ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ ।मौसमविद् प्रतिभा मानन्धरका अनुसार बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुनेछ । उनले भनिन्, 'विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ भने मधेस, बागमती र गण्डकी प्रदेशसम्मै फैलिनेछ, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ ।'यो असर भोलि र पर्सिसम्मै रहने महाशाखाले जनाएको छ । तर ठूलो अनि लगातारको वर्षा भने नहुने मौसमविद्ले ब

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 672 पटक पढिएको
  • सवारी आवागमनसम्बन्धी सूचना: राजमार्ग अस्थायी रूपमा बन्द

    काठमाडौं–निरन्तर वर्षाका कारण धादिङको भन्याङलेखोलामा पहिरो जाँदा पृथ्वी राजमार्गको दुबै तर्फ सवारी आवागमन अवरुद्ध भएको छ । प्रहरीले दिएको सूचनाअनुसार हालसम्म पहिरो पन्छाउन नसकिएकाले सडक खुलाउन थप समय लाग्ने बताइएको छ ।आज बिहान १२:०० बजेपछि सडक खोल्न सकिने अनुमान भए पनि २ घण्टासम्म पूर्ण रूपमा बन्द रहने जानकारी गराइएको छ। यात्रुहरूले लामो दूरीको यात्रा गर्दा सर्तकता अपनाउन र यात्रा अघि नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।सडक अवस्था सामान्य अवस्थामा फर्किनेबारे थप जानकारीका लागि सवारी चालक र यात्रुहरूलाई केन्द्रीय प्रहरी यातायात कक्षको नम्बर १०० वा नेपाल प्रहरीको हटलाइन नम्बर १

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 511 पटक पढिएको
  • दसैँका लागि जारी अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

    काठमाडौं–दसैँको मुखमा वर्षाका कारण देशभरका मुख्य राजमार्ग र सडक भत्किँदा यात्रुहरूको यात्रा कष्टकर भएको छ। ठाउँठाउँमा पहिरो र सडक अवरुद्ध हुँदा गन्तव्यमा पुग्न संघर्षरत यात्रुहरू अलपत्र परेका छन्। देशभरका मुख्य राजमार्ग, विशेषगरी नागढुंगाबाट गाडीहरू सुस्त गतिमा चलिरहेका छन्। पूर्व–पश्चिम र अन्य प्रमुख राजमार्गहरू पहिरोका कारण अवरुद्ध छन्। नेपाल प्रहरीले २० भन्दा बढी स्थानमा सडक अवरुद्ध भएको जनाएको छ, जसले यातायात ठप्प बनाएको छ।यसैबीच, ८८नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विषम परिस्थितिका कारण दसैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरिरहेको८८ छ। वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अन

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 447 पटक पढिएको
  • पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक एकतर्फी खुल्यो

    काठमाडौं–पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडकखण्डको दाउन्नेमा सडक भासिएपछि हिजो साँझदेखि अवरुद्ध भएको सडक आज बिहान ९ बजेबाट एकतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार, रातिदेखि भएको मर्मतपछि सडक डेढ फुट तल भासिएको स्थानमा माटो र गिटी भरेर एकतर्फी सञ्चालन गरिएको हो। प्रहरीले दुबै तर्फ सञ्चालन गर्न प्रयास भइरहेको जानकारी दिए। सोमबार साँझ ५ बजेतिर सडक भासिएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको थियो।

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 505 पटक पढिएको
  • कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

    कैलाली–पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । गए राति पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै चालकको ज्यान गएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराका अनुसार दुर्घटनामा जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको हो । गम्भीर घाइते भएका चौधरी र मल्ललाई धनगढीको नवजीवन अस्पतालमा पुर्याइएको थियो, जहाँ चिकित्सकले उनीहरूलाई

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 482 पटक पढिएको
  • सरकारले बाढीपहिरो प्रभावितका लागि एक अर्ब उपलब्ध गराउने

    काठमाडौं – नेपाल सरकारले हालै आएको बाढीपहिरोबाट प्रभावित जनताको तत्काल राहत र उद्धारका लागि विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को हिजोको बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम अर्थ मन्त्रालयले यो रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको हो । साथै, बाढीपहिरोमा निधन भएका व्यक्तिहरुप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय शोक घोषणा गर्ने र तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । सरकारले खोज, उद्धार, राहत, घाइतेको निःशुल्क उपचार र प्रभावित क्षेत्रका विस्थापित परिवारको आवास तथा खाद्यान्नको प्रबन्ध गर्न उच्च प्राथमिक

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 481 पटक पढिएको
  • दाउन्ने जङ्गलमा बाटो भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

    काठमाडौं – अविरल वर्षाका कारण पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा पूर्व–पश्चिम राजमार्ग भासिएर पूर्ण रूपमा अवरुद्ध भएको छ।जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार, सडक करिब डेढ फिट भासिएपछि सवारीसाधनको आवागमनमा रोक लगाइएको छ। साथै, बुटवल–नारायणगढ सडकको ‘रिटर्निङवाल’ चर्केर विद्युत्को ‘हाइटेन्स पोल’ सडकमा ढलेको छ।सडक डिभिजन र विद्युत् कार्यालय नवलपरासीको संयुक्त प्रयासमा बाटो खुलाउन काम भइरहेको छ। सोमबार साँझ ५ बजेतिर भासिएको सडकको मर्मत सोमबार राति साढे ११ बजेदेखि सुरू गरिएको र आज बिहानसम्म काम सम्पन्न गरी सडक सञ्चालनमा ल्या

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 470 पटक पढिएको
  • सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुनुवाइ भोलि

    काठमाडौं–संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठ न्यायाधीश प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ आगामी बुधबार गर्ने तय गरेको छ । समितिको बैठकले उनीविरुद्ध परेका ६ वटा उजुरीका विषयमा आज उजुरीकर्ताहरूसँग छलफल गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीशका लागि उनको नाम भदौ ३१ गतेको संवैधानिक परिषद्को बैठकले सिफारिस गरेको थियो ।यस्तै, समितिले बेल्जियम र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत सेवा लम्साल र चित्रलेखा यादवविरुद्धका दुई उजुरीका सम्बन्धमा पनि आज छलफल गर्ने भएको छ । साथै, समितिले नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफ

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 316 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.