काठमाडौं – अविरल वर्षाका कारण पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा पूर्व–पश्चिम राजमार्ग भासिएर पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार, सडक करिब डेढ फिट भासिएपछि सवारीसाधनको आवागमनमा रोक लगाइएको छ। साथै, बुटवल–नारायणगढ सडकको ‘रिटर्निङवाल’ चर्केर विद्युत्को ‘हाइटेन्स पोल’ सडकमा ढलेको छ।

OM Sai Pathibhara Hospital

सडक डिभिजन र विद्युत् कार्यालय नवलपरासीको संयुक्त प्रयासमा बाटो खुलाउन काम भइरहेको छ। सोमबार साँझ ५ बजेतिर भासिएको सडकको मर्मत सोमबार राति साढे ११ बजेदेखि सुरू गरिएको र आज बिहानसम्म काम सम्पन्न गरी सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिएका छन्।