काठमाडौं–पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडकखण्डको दाउन्नेमा सडक भासिएपछि हिजो साँझदेखि अवरुद्ध भएको सडक आज बिहान ९ बजेबाट एकतर्फी सञ्चालनमा आएको छ। 

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार, रातिदेखि भएको मर्मतपछि सडक डेढ फुट तल भासिएको स्थानमा माटो र गिटी भरेर एकतर्फी सञ्चालन गरिएको हो। 

OM Sai Pathibhara Hospital

प्रहरीले दुबै तर्फ सञ्चालन गर्न प्रयास भइरहेको जानकारी दिए। सोमबार साँझ ५ बजेतिर सडक भासिएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको थियो।