काठमाडौं–निरन्तर वर्षाका कारण धादिङको भन्याङलेखोलामा पहिरो जाँदा पृथ्वी राजमार्गको दुबै तर्फ सवारी आवागमन अवरुद्ध भएको छ । प्रहरीले दिएको सूचनाअनुसार हालसम्म पहिरो पन्छाउन नसकिएकाले सडक खुलाउन थप समय लाग्ने बताइएको छ ।

आज बिहान १२:०० बजेपछि सडक खोल्न सकिने अनुमान भए पनि २ घण्टासम्म पूर्ण रूपमा बन्द रहने जानकारी गराइएको छ। यात्रुहरूले लामो दूरीको यात्रा गर्दा सर्तकता अपनाउन र यात्रा अघि नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

OM Sai Pathibhara Hospital

सडक अवस्था सामान्य अवस्थामा फर्किनेबारे थप जानकारीका लागि सवारी चालक र यात्रुहरूलाई केन्द्रीय प्रहरी यातायात कक्षको नम्बर १०० वा नेपाल प्रहरीको हटलाइन नम्बर ११३३ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ  । 

सुरक्षित यात्रा सुनिश्चित गर्न, यात्रुहरूलाई पूर्व जानकारी लिई मात्र यात्रा गर्न र अनावश्यक जोखिमबाट बच्न सुझाव दिइएको छ ।


Suchana