कैलाली–पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । गए राति पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै चालकको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराका अनुसार दुर्घटनामा जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको हो । गम्भीर घाइते भएका चौधरी र मल्ललाई धनगढीको नवजीवन अस्पतालमा पुर्याइएको थियो, जहाँ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन्।

OM Sai Pathibhara Hospital

मोटरसाइकलको पछाडि सवार शुक्लाफाँटा नगरपालिका–७ का २२ वर्षीय दीपक बोहोरा घाइते भएका छन् र उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।