काठमाडौं–संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठ न्यायाधीश प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ आगामी बुधबार गर्ने तय गरेको छ । 

समितिको बैठकले उनीविरुद्ध परेका ६ वटा उजुरीका विषयमा आज उजुरीकर्ताहरूसँग छलफल गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीशका लागि उनको नाम भदौ ३१ गतेको संवैधानिक परिषद्को बैठकले सिफारिस गरेको थियो ।

OM Sai Pathibhara Hospital

यस्तै, समितिले बेल्जियम र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत सेवा लम्साल र चित्रलेखा यादवविरुद्धका दुई उजुरीका सम्बन्धमा पनि आज छलफल गर्ने भएको छ । 

साथै, समितिले नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको उजुरीका लागि सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ ।