काठमाडौं– अविरल वर्षाका कारण नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित दाउन्ने जंगलको खुर्साने खोलामा पूर्व–पश्चिम राजमार्गको रिटेनिङ वाल भत्किएपछि करिब ४ मिटर सडक भासिएको छ ।

यस घटनाले विद्युत् प्रसारणको हाइटेन्सन टावर समेत ढलेको छ, जसका कारण यस सडकखण्डमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।

OM Sai Pathibhara Hospital

यस समस्याको समाधानको लागि असोज १५ गते राति १० बजेदेखि असोज १६ गते बिहान ५ बजेसम्म बर्दघाट बजारदेखि दाउन्ने बजारसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधनको आवागमन बन्द गरिने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

Night Suchana