समाचार

    Showing 16,271-16,280 of 25,875 items.
  • प्रकाशचन्द्र लोहनीले भने- राजेन्द्र लिङदेनले अविवेकी र अमानवीय निर्णय गरे

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले अध्यक्ष राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेको आरोप लगाएका छन्। नेता लोहनीले महामन्त्री डा. धवलशमशेर राणा बिरामी भएर विदेशमा उपचार गर्न गएका वेला संगठन विभाग प्रमुखबाट हटाएको भन्दै अध्यक्ष लिङ्देनको आलोचना गरेका हुन्। राणालाई  जिम्मेवारीबाट हटाउने कार्य अविवेकी र अमानवीय निर्णय भएको लोहनीको तर्क छ। ‘राप्रपाका सांसद तथा महामन्त्री धवलशमशेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ। यस्तो वेलामा  उहाँलाई संगठन  विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो र बिरामी साथीलाई तनाव द

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 461 पटक पढिएको
  • बाढी पहिरोले नाका बन्द भएपछि कन्टेनरमै कुहिन थाल्यो फलफूल

    काठमाडौं— बाढी पहिरोले बन्द भएका उत्तरी दुई वटा नाका खुलाउने प्रयास भएको छ । अहिलेलाई अस्थायी रूपमा खुलाएर बाटोमा रोकिएका कन्टेनर गन्तव्यमा पठाउने तयारी भइरहेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले जानकारी दिए । यसका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको कार्कीले बताए । उत्तरी चीन जोड्ने मुख्य दुई नाका बन्द भएपछि नेपाली व्यवसायीले आयात गरेका लत्ताकपडा, फलफूललगायतका सरसामान एक हप्तादेखि बाटोमै रोकिएका छन् । उत्तरी नाकाका पुल र सडक भोटेकोशी नदीले बगाएपछि अहिले रसुवागढीतर्फको केरुङ र तातोपानीतर्फको खासा आएका कन्टेनर नेपाल भित्रिन पाएका छैनन् ।तातोपानीतर्फको सीमा नजिकै

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 443 पटक पढिएको
  • बाढीपहिरोमा २३९ जनाको मृत्यु

    काठमाडौं–पछिल्लो एक सातामा आएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३९ पुगेको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार १९ जना बेपत्ता छन्, जबकि एक सय ७७ जना घाइते भएका छन् ।गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७,१३१ जनाको उद्धार गरिएको छ । यसै क्रममा सहायता परिचालन गर्न र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास पनि जारी रहेको छ ।

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 335 पटक पढिएको
  • सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते

    काठमाडौं–काठमाडौंबाट मोरङका लागि छुटेको बा ५ ख ६६१८ नम्बरको माइक्रोबस सिन्धुलीको सिस्नेरीमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। सिन्धुली प्रहरीले दिएको जानकारीअनुसार, तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।घाइते सबैलाई प्राथमिक उपचारका लागि सिन्धुली अस्पतालमा लगिएको थियो, र त्यसपछि थप उपचारका लागि धरानको घोपा पठाइएको छ। माइक्रोबसमा सवार १९ जनामध्ये चार जना सकुशल रहेका छन्, र उनीहरूलाई अर्को बसमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ। 

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 472 पटक पढिएको
  • आज पनि यी सडकमा अवरोध कायम

    काठमाडौं–गत साता आएको बाढी र पहिरोका कारण केही सडकहरू अझै पनि सुचारु हुन सकेका छैनन् । ललितपुरको नख्खुडोल पुलमा सवारी साधन आज पनि चल्न सकेका छैनन्, जसकारण पुल नजिकको सडक भासिएको हो ।अर्कोतर्फ, विभिन्न स्थानमा खसेको पहिरोका कारण वीपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि प्रभावित भएका छन् ।

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 435 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।    देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश,मधेश प्रदेश,वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बाग्मती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश लगायत देशका पहाडी भु-भागमा आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 436 पटक पढिएको
  • विपद्मा नेपाललाई भारतको साथ, मोदीले पठाए प्रधानमन्त्री ओलीलाई पत्र

    काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई परेको कठिन परिस्थितिमा भारतको सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेपाली समकक्षी केपी शर्मा ओलीलाई पत्र लेख्दै नेपालमा आएको बाढी–पहिरोले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति गहिरो सहानुभूति प्रकट गरेका छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी दिएअनुसार, प्रधानमन्त्री मोदीले नेपाललाई आपतकालीन परिस्थितिमा सहयोग गर्ने सन्देश पठाएका छन् । उक्त पत्रमा मोदीले राहत, उद्धार, र पुनर्निर्माणका काममा भारतको सहयोग निरन्तर हुने पनि उल्लेख गरेका छन् ।

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 255 पटक पढिएको
  • मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी सञ्चालनमा

    काठमाडौं–मध्यपहाडी राजमार्गअन्तर्गत खुर्काेट–घुर्मी खण्ड आजदेखि एकतर्फी रुपमा खुलेको छ। केही दिनअघि आएको बाढीपहिरोले राजमार्गका सयौँ स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो।सिन्धुली गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेका अनुसार, राजमार्गमा दुई–दुई वटा डोजर र स्काभेटर प्रयोग गरी पाँच दिनसम्मको प्रयासपछि सडक सञ्चालनमा आएको हो। पहिरो पन्छाएर खुर्काेट–घुर्मीको ६१ किलोमिटर खण्ड एकतर्फी रुपमा खोलिएको छ।हाल सडक एकतर्फी खुले पनि वर्षाले जमिन कमलो बनाएकाले रात्रिकालीन यात्रा जोखिमपूर्ण हुने भन्दै उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ।

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 298 पटक पढिएको
  • मोरङमा एक आपसमा बस ठोकिँदा २२ जना घाइते

    दमक  ।   मोरङको दुलारीमा एक आपसमा बस ठोकिँदा दुर्घटना भएको छ। पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ७२१७  नं को बस र पश्चिमबाट पूर्वतर्फ जाँदै में १ ख २६२८ नं बस एक आपसमा ठोकिँदा दुर्घटना भएको हो। दुर्घटना भए संगै बसमा सवार २२ जना घाइते भएका छन् घाइतेलाई विराटनगर नोबेल हस्पिटल उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालयले मोरङ जनाएको छ भने चालकहरु फरार रहेका छन्।

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 423 पटक पढिएको
  • दसैँ बिदामा पनि बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुने

    काठमाडौं–सर्वोच्च अदालत दसैँ पर्वको बिदामा आजदेखि बन्द हुने भए पनि बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा सुनुवाइ जारी रहने जनाइएको छ। बिदाको समयमा अदालत बिहान ११ बजेदेखि ३ बजेसम्म खुला रहनेछ।सर्वोच्च अदालत प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द हुने भए पनि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमा शनिबार र विजया दशमीबाहेक अन्य दिन सुनुवाइ हुने उल्लेख छ।

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 421 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.