काठमाडौं–मध्यपहाडी राजमार्गअन्तर्गत खुर्काेट–घुर्मी खण्ड आजदेखि एकतर्फी रुपमा खुलेको छ। केही दिनअघि आएको बाढीपहिरोले राजमार्गका सयौँ स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो।

सिन्धुली गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेका अनुसार, राजमार्गमा दुई–दुई वटा डोजर र स्काभेटर प्रयोग गरी पाँच दिनसम्मको प्रयासपछि सडक सञ्चालनमा आएको हो। पहिरो पन्छाएर खुर्काेट–घुर्मीको ६१ किलोमिटर खण्ड एकतर्फी रुपमा खोलिएको छ।

OM Sai Pathibhara Hospital

हाल सडक एकतर्फी खुले पनि वर्षाले जमिन कमलो बनाएकाले रात्रिकालीन यात्रा जोखिमपूर्ण हुने भन्दै उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ।