काठमाडौं–पछिल्लो एक सातामा आएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३९ पुगेको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार १९ जना बेपत्ता छन्, जबकि एक सय ७७ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७,१३१ जनाको उद्धार गरिएको छ । यसै क्रममा सहायता परिचालन गर्न र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास पनि जारी रहेको छ ।