काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले अध्यक्ष राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेको आरोप लगाएका छन्। 

नेता लोहनीले महामन्त्री डा. धवलशमशेर राणा बिरामी भएर विदेशमा उपचार गर्न गएका वेला संगठन विभाग प्रमुखबाट हटाएको भन्दै अध्यक्ष लिङ्देनको आलोचना गरेका हुन्। राणालाई  जिम्मेवारीबाट हटाउने कार्य अविवेकी र अमानवीय निर्णय भएको लोहनीको तर्क छ। 

OM Sai Pathibhara Hospital

‘राप्रपाका सांसद तथा महामन्त्री धवलशमशेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ। यस्तो वेलामा  उहाँलाई संगठन  विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो र बिरामी साथीलाई तनाव दिने काम मात्र हो’, अध्यक्ष लिङ्देनले भनेका छन्, ‘यो निर्णयप्रति म दुःख  व्यक्त गर्दछु र  मेरो असहमति  स्पष्ट गर्दछु।’

अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार पार्टीका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका थिए।