काठमाडौं–सर्वोच्च अदालत दसैँ पर्वको बिदामा आजदेखि बन्द हुने भए पनि बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा सुनुवाइ जारी रहने जनाइएको छ। बिदाको समयमा अदालत बिहान ११ बजेदेखि ३ बजेसम्म खुला रहनेछ।

सर्वोच्च अदालत प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द हुने भए पनि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमा शनिबार र विजया दशमीबाहेक अन्य दिन सुनुवाइ हुने उल्लेख छ।