काठमाडौं–गत साता आएको बाढी र पहिरोका कारण केही सडकहरू अझै पनि सुचारु हुन सकेका छैनन् । ललितपुरको नख्खुडोल पुलमा सवारी साधन आज पनि चल्न सकेका छैनन्, जसकारण पुल नजिकको सडक भासिएको हो ।

अर्कोतर्फ, विभिन्न स्थानमा खसेको पहिरोका कारण वीपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि प्रभावित भएका छन् ।