काठमाण्डौ   ।    देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश,मधेश प्रदेश,वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बाग्मती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश लगायत देशका पहाडी भु-भागमा आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका केहि स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक\दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ

OM Sai Pathibhara Hospital

राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी,मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका केहि स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बाग्मती प्रदेशको पहाडी भू-भागका एक\दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ।