काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई परेको कठिन परिस्थितिमा भारतको सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेपाली समकक्षी केपी शर्मा ओलीलाई पत्र लेख्दै नेपालमा आएको बाढी–पहिरोले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति गहिरो सहानुभूति प्रकट गरेका छन् । 

OM Sai Pathibhara Hospital

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी दिएअनुसार, प्रधानमन्त्री मोदीले नेपाललाई आपतकालीन परिस्थितिमा सहयोग गर्ने सन्देश पठाएका छन् । उक्त पत्रमा मोदीले राहत, उद्धार, र पुनर्निर्माणका काममा भारतको सहयोग निरन्तर हुने पनि उल्लेख गरेका छन् ।