समाचार

    Showing 16,111-16,120 of 25,875 items.
  • वि.सं. २०८१ कार्तिक १२ गते सोमबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):- अध्ययन अध्यापनको क्षेत्र राम्रो रहन सक्छ भने परिक्षाहरु उत्तीर्ण गर्न सक्ने समय रहेको छ। बौद्धिक तथा रचनात्मक कार्य आज सफल रहन सक्छन्। व्यापार व्यवसाय तथा पेशा रोजगारीबाट सामान्य लाभ मिल्न सक्छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):- आज काममा उचित ध्यान दिन सकिंदैन। आफन्तबाट असहयोग तथा साथीभाईबाट अविश्वास हुन सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ। प्रेम जीवन सामान्य रहन सक्छ। आमाको स्वास्थ्य कमजोर हुन सक्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- कार्यसिद्धिको योग रहेको छ। आज आफ्नो पराक्रम बढाउन सक्ने र दाजुभाईको सहयोग प्रा

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 699 पटक पढिएको
  • बस्तीमा देखिन थाले जङ्गली हात्ती, सावधानी अपनाउन आग्रह

    काठमाडौं–चितवन जिल्लाको माडी र पर्साको ठोरी क्षेत्रका बस्तीमा जङ्गली हात्ती देखिन थालेपछि चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले स्थानीयलाई सावधानी अपनाउन आग्रह गरेको छ । विगत एक सातादेखि यस क्षेत्रमा जङ्गली हात्ती समूहमा देखिन थालेका छन्, जसकारण रातको समयमा एक्लै हिँडडुल नगर्न अनुरोध गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार, धान पाक्ने समयमा हात्ती धान खान आएका हुन् ।हात्तीको आक्रमण र अन्नबाली नष्ट गर्ने घटनाले स्थानीयहरूमा त्रास सिर्जना गरेको छ । नेपाल र भारतका बीच हात्तीको आवतजावतले पनि बस्तीलाई असुरक्षित बनाएको उनले जानकारी दिए । निकुञ्ज प्रशासनले जङ्गली हात्तीलाई

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • 503 पटक पढिएको
  • रास्वपा सभापतिमाथि दुर्व्यवहार, कास्की प्रहरी के भन्छ ?

    काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई अदालत लैजादा प्रहरीले दुर्व्यवहार गरेको र हातहतियारसहित इजलासमा प्रवेश गरेको आरोपप्रति जिल्ला प्रहरी कार्यालय कास्कीले आपत्ति जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले भ्रामक तथा कपोकल्पित विचार सामाजिक सञ्जालमा फैलिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले सही, सत्य र तथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्न अनुरोध गरेका छन् ।शर्माले तथ्यहीन र झुट्टा समाचारहरूले जनमानसमा गलत सूचना फैलाउन सक्छन् र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा नकारात्मक प्रभाव पार्न सक्

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • 492 पटक पढिएको
  • जुवातास खेलिरहेका ४२ जना पक्राउ

    काठमाडौं–काठमाडौं महानगरपालिका-२७ मसानगल्लीस्थित रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ४४ वर्षीय कुशेश्वर साह सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई नगद ३८ हजार ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।त्यस्तै, काभ्रेको पनौती नगरपालिका-११ ख्याकु बस्ने रमेश थापाको टहरामा जुवातास खेलिरहेको अवस्थामा २९ वर्षीय शिव आलेमगर सहित २१ जनालाई पक्राउ गरिएको छ। उनीहरूलाई नगद ९३ हजार ३ सय १५ रूपैयाँ, १ बुक तास र ३ थान कौडा सहित पक्राउ गरिएको हो।कैलालीको धनगढी उपमहानगरपालिका-७ बेलिबजारमा महेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा २९ वर्षीय हिक्मत थापा सहित ६ जनालाई प्रहरीले पक्राउ

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • 411 पटक पढिएको
  • विकासका पूर्वाधार तयार, एकजुट भए समृद्धि सम्भव : प्रधानमन्त्री ओली

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विकासका लागि आवश्यक पूर्वाधार तयार भइसकेकोले सबैले मिलेर काम गरेमा समृद्धि सम्भव हुने बताएका छन्। गैरआवासीय नेपाल सङ्घ (एनआरएन) द्वारा आयोजित कार्यक्रममा उनले प्रविधि र उपकरणको विकास भइरहेकोले अब विकास गर्न कुनै अवरोध नरहेको धारणा राखे। प्रधानमन्त्रीका अनुसार नेपालमा अहिले दुर्गम क्षेत्र भनेर छुट्याउने अवस्था छैन, त्यसैले सबै एक भएर काम गर्दा देशलाई समृद्ध बनाउन सकिन्छ।प्रधानमन्त्रीले गैरआवासीय नेपालीहरुबीच एकता कायम राख्न आग्रह गर्दै सरकारको तर्फबाट एनआरएनलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने र सहयोग गर्ने आश्वासन पनि दिए। शनिबार माओवादी केन्द्रको

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • 466 पटक पढिएको
  • लागूऔषधसहित तीन जना पक्राउ

    कैलाली  ।  कैलालीको धनगढीबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट सोही ठाउँका २१ वर्षीय अर्जुन बोगटीलाई ५५० मिलिग्राम, र धनगढी उपमहानगरपालिका– ५ का १८ वर्षीय किशोरलाइ ५४० मिलिग्राम लागुऔषधसहित वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।स्थायी प्रहरी पोष्ट बसपार्क कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका– ४ बसपार्कबाट दिपायल सिलगढी नगरपालिका–५ बस्ने २४ वर्षीय प्रदिप धोवीलाई ७० मिलिग्राम लागू औषधसहित तीनै जनालाइ शनिबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • 540 पटक पढिएको
  • नवलपुरमा जंगली च्याउ खाँदा एकै घरका पाँचजना बिरामी

    नवलपुर–यहाँको देवचुली नगरपालिका(२ मा जंगली च्याउ खाँदा एकै घरका पाँचजना बिरामी परेका छन् । नवलपुर प्रहरीका अनुसार देवचुली २ दुम्कौलीकी धनमाया राजवंशीले जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा गएराति एकै परिवारका पाँचजना बिरामी परेको जनाएको छ । बिरामी हुनेहरूरूा २८ वर्षीया धनमाया, ४६ वर्षीया रनमाया, ४८ वर्षीय बाबुलाल, २६ वर्षीय मदन र ९ वर्षीया रिदिमा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेशी शाहका अनुसार बिरामीहरूको उपचार पुरानो मेडिकल कलेज चितवनमा भइरहेको छ र सबैको स्वास्थ्य अवस्था मध्यम रहेको छ ।

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • 315 पटक पढिएको
  • प्रहरी जवान मृत भेटिए

    मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ३१ वर्षीय योगेन्द्रकुमार कार्की कोठाभित्रै मृत फेला परेका छन् ।कार्की संखुवासभाको मादी नगरपालिका–१ घर भइ विराटनगर महानगरपालिका–१ शान्ति चोकस्थित एउटा घरमा डेरा बस्थे । शनिबार राति ८ः१० बजेतिर झुन्डिएको अवस्थामा मृत फेला पारिएको मोरङ प्ररहीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए । कोठामा भित्रबाट ढोका ‘लक’ गरी पंखाको हुकमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको शव फेला परेको जानकारी जोशीले दिए । जिल्ला प्रहरी कार्यालय मोरङमै कार्यरत कार्कीकी श्रीमती इन्दु थापाले छुट्टी भएर कोठा पुग्दा भित्र बच्चा रोइरहेको र ढोका बन्द रहेको देखेर प

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • 587 पटक पढिएको
  • अज्ञात समूहद्वारा एक जनाको हत्या

    काठमाण्डौ । अज्ञात समूहले बारामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरेको छ ।महागढीमाई नगरपालिका-१ मा धारिलो हतियार प्रयोग गरी स्थानीय ५५ वर्षीय नारायण यादवको शनिबार हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बटुवाले देखेपछि घटनाबारे प्रहरीलाई खबर गरेका थिए ।गम्भीर घाइते यादवलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल भर्ना गरेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो । यादवको हत्याबारे केही खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • 485 पटक पढिएको
  • दोलखामा गयो भूकम्प

    काठमाण्डौ  ।  दोलखामा भूकम्प गएको छ । शनिबार राति ११ः३० बजे लामिडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • 333 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.