काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई अदालत लैजादा प्रहरीले दुर्व्यवहार गरेको र हातहतियारसहित इजलासमा प्रवेश गरेको आरोपप्रति जिल्ला प्रहरी कार्यालय कास्कीले आपत्ति जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले भ्रामक तथा कपोकल्पित विचार सामाजिक सञ्जालमा फैलिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले सही, सत्य र तथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्न अनुरोध गरेका छन् ।

OM Sai Pathibhara Hospital

शर्माले तथ्यहीन र झुट्टा समाचारहरूले जनमानसमा गलत सूचना फैलाउन सक्छन् र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै तथ्यमा आधारित सूचनाको प्रसारणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका हुन् । 

Kaski Police