कैलाली  ।  कैलालीको धनगढीबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। 

धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट सोही ठाउँका २१ वर्षीय अर्जुन बोगटीलाई ५५० मिलिग्राम, र धनगढी उपमहानगरपालिका– ५ का १८ वर्षीय किशोरलाइ ५४० मिलिग्राम लागुऔषधसहित वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

OM Sai Pathibhara Hospital

स्थायी प्रहरी पोष्ट बसपार्क कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका– ४ बसपार्कबाट दिपायल सिलगढी नगरपालिका–५ बस्ने २४ वर्षीय प्रदिप धोवीलाई ७० मिलिग्राम लागू औषधसहित तीनै जनालाइ शनिबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।