काठमाण्डौ । अज्ञात समूहले बारामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरेको छ ।

महागढीमाई नगरपालिका-१ मा धारिलो हतियार प्रयोग गरी स्थानीय ५५ वर्षीय नारायण यादवको शनिबार हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बटुवाले देखेपछि घटनाबारे प्रहरीलाई खबर गरेका थिए ।

OM Sai Pathibhara Hospital

गम्भीर घाइते यादवलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल भर्ना गरेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो । यादवको हत्याबारे केही खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।