मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ३१ वर्षीय योगेन्द्रकुमार कार्की कोठाभित्रै मृत फेला परेका छन् ।

कार्की संखुवासभाको मादी नगरपालिका–१ घर भइ विराटनगर महानगरपालिका–१ शान्ति चोकस्थित एउटा घरमा डेरा बस्थे । शनिबार राति ८ः१० बजेतिर झुन्डिएको अवस्थामा मृत फेला पारिएको मोरङ प्ररहीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए । 

OM Sai Pathibhara Hospital

कोठामा भित्रबाट ढोका ‘लक’ गरी पंखाको हुकमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको शव फेला परेको जानकारी जोशीले दिए । जिल्ला प्रहरी कार्यालय मोरङमै कार्यरत कार्कीकी श्रीमती इन्दु थापाले छुट्टी भएर कोठा पुग्दा भित्र बच्चा रोइरहेको र ढोका बन्द रहेको देखेर प्रहरीलाई खबर गरेकी हुन् ।

त्यसलगत्तै मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया नेतृत्वको टोलीले घटनास्थल पुगी ढोका फुटाएर हेरेको थियो ।

परिवारका सदस्यलाई खबर भइसकेको डीएसपी जोशीले बताए ।आफन्त आइपुगेपछि कानुनी प्रक्रिया सुरु गरिने उनको भनाइ छ ।