नवलपुर–यहाँको देवचुली नगरपालिका(२ मा जंगली च्याउ खाँदा एकै घरका पाँचजना बिरामी परेका छन् । नवलपुर प्रहरीका अनुसार देवचुली २ दुम्कौलीकी धनमाया राजवंशीले जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा गएराति एकै परिवारका पाँचजना बिरामी परेको जनाएको छ । 

बिरामी हुनेहरूरूा २८ वर्षीया धनमाया, ४६ वर्षीया रनमाया, ४८ वर्षीय बाबुलाल, २६ वर्षीय मदन र ९ वर्षीया रिदिमा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेशी शाहका अनुसार बिरामीहरूको उपचार पुरानो मेडिकल कलेज चितवनमा भइरहेको छ र सबैको स्वास्थ्य अवस्था मध्यम रहेको छ ।