काठमाडौं–चितवन जिल्लाको माडी र पर्साको ठोरी क्षेत्रका बस्तीमा जङ्गली हात्ती देखिन थालेपछि चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले स्थानीयलाई सावधानी अपनाउन आग्रह गरेको छ । 

विगत एक सातादेखि यस क्षेत्रमा जङ्गली हात्ती समूहमा देखिन थालेका छन्, जसकारण रातको समयमा एक्लै हिँडडुल नगर्न अनुरोध गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार, धान पाक्ने समयमा हात्ती धान खान आएका हुन् ।

OM Sai Pathibhara Hospital

हात्तीको आक्रमण र अन्नबाली नष्ट गर्ने घटनाले स्थानीयहरूमा त्रास सिर्जना गरेको छ । नेपाल र भारतका बीच हात्तीको आवतजावतले पनि बस्तीलाई असुरक्षित बनाएको उनले जानकारी दिए । 

निकुञ्ज प्रशासनले जङ्गली हात्तीलाई लखेट्नका लागि सुरक्षार्थ नेपाली सेनाको टोली परिचालन गरेको छ ।