काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विकासका लागि आवश्यक पूर्वाधार तयार भइसकेकोले सबैले मिलेर काम गरेमा समृद्धि सम्भव हुने बताएका छन्। गैरआवासीय नेपाल सङ्घ (एनआरएन) द्वारा आयोजित कार्यक्रममा उनले प्रविधि र उपकरणको विकास भइरहेकोले अब विकास गर्न कुनै अवरोध नरहेको धारणा राखे। प्रधानमन्त्रीका अनुसार नेपालमा अहिले दुर्गम क्षेत्र भनेर छुट्याउने अवस्था छैन, त्यसैले सबै एक भएर काम गर्दा देशलाई समृद्ध बनाउन सकिन्छ।

प्रधानमन्त्रीले गैरआवासीय नेपालीहरुबीच एकता कायम राख्न आग्रह गर्दै सरकारको तर्फबाट एनआरएनलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने र सहयोग गर्ने आश्वासन पनि दिए। शनिबार माओवादी केन्द्रको सभामा एक कार्यकर्ताले धम्कीपूर्ण अभिव्यक्ति दिएको सन्दर्भमा उनले भने, हतियार बिसाउनुको अर्थ चलाउन नसक्नु होइन, तर धम्कीको भरमा सरकार चल्दैन।