काठमाडौं–काठमाडौं महानगरपालिका-२७ मसानगल्लीस्थित रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ४४ वर्षीय कुशेश्वर साह सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई नगद ३८ हजार ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।

त्यस्तै, काभ्रेको पनौती नगरपालिका-११ ख्याकु बस्ने रमेश थापाको टहरामा जुवातास खेलिरहेको अवस्थामा २९ वर्षीय शिव आलेमगर सहित २१ जनालाई पक्राउ गरिएको छ। उनीहरूलाई नगद ९३ हजार ३ सय १५ रूपैयाँ, १ बुक तास र ३ थान कौडा सहित पक्राउ गरिएको हो।

OM Sai Pathibhara Hospital

कैलालीको धनगढी उपमहानगरपालिका-७ बेलिबजारमा महेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा २९ वर्षीय हिक्मत थापा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई नगद ६४ हजार २ सय ३५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरिएको हो।

यस्तै, धनगढी उपमहानगरपालिका-९ बङग्राकटानस्थित खेम बहादुर शाहुको खेतबारीमा जुवातास खेलिरहेको अवस्थामा ३४ वर्षीय हरि बिष्ट सहित ७ जनालाई पक्राउ गरिएको छ। उनीहरूलाई नगद २८ हजार ५ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरिएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।