काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि ऊर्जा मन्त्रालयले लाइसेन्स लिएर काम नभएका जलविद्युत आयोजनाको अनुमति खारेज गर्ने तयारी थालेको छ।विद्युत विकास विभागले लाइसेन्स लिएर काम अगाडि नबढाएका जलविद्युत आयोजनासँग प्रगति विवरण मागेको छ। लाइसेन्स लिएर ५ वर्षभन्दा बढी समयसम्म काम गर्न नसकेका ५५ वटा आयोजनासँग प्रगति विवरण मागिएको हो। आयोजना निर्माण गर्न सक्ने स्पष्ट आधार र कार्ययोजना नभेटिए लाइसेन्स खारेज गर्ने तयारी छ।प्रधानमन्त्री दाहालले बिहिबार ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई बोलाएर जलविद्युत आयोजनाको लाइसेन्स होल्ड गर्ने प्रवृत्ति राष्ट्रका लागि घातक भएकाले म
काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।बारबर्दिया नगरपालिका–४, बैरियाका १० वर्षीय सुमित थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बर्दियाले जनाएको छ ।प्रहरीका अनुसार, बबई नदीमा नुहाउन गएका बेला शनिबार मध्याह्न करिब साढे १२ बजे बाघको आक्रमणमा परी बालक घाइते भएका थिए । जिरा सामुदायिक वननजिकै पाटेबाघले आक्रमण गरेको हो ।उनलाई उपचारका लागि बर्दियाकै जयनगरस्थित आरसी थारु मेमोरियल अस्पताल लगिएकामा शनिबार दिउँसो उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।
झापा । मारवाडी युवा मञ्चको भद्रपुरमा भएको बृहत भेलाबाट भद्रपुर नगर अध्यक्षमा मोहित शर्मा(सन्डे) सर्वसम्मत चयन भएका छन। मारवाडी युवा सङ्गठनका केन्द्रीय सदस्य हेमन्त सुरानाको प्रमुख आतिथ्य र मञ्चका भद्रपुर नगर अध्यक्ष दिपककुमार अग्रवालको अध्यक्षतामा शुक्रबार भएको अधिवेशनले ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ।समितिको उपाध्यक्षमा अविनाश नाहटा(पाणु), सचिवमा रोहित सरिया र कोषाध्यक्षमा राहुल साहेवाला चयन भएका छन। सदस्यहरूमा विकास अग्रवाल, प्रवेश अग्रवाल, विकास सिंघल, रमेश सिंघल, मनोज सरावगी, जीतु शर्मा ' जितेन्द्र ' र रजत धारेवा रहेका छन।
चितवन । चितवनको भरतपुर महानगरपालिका २ स्थित आँपटारीमा बिजुलीको तार चार्ने क्रममा करेन्ट लागेर दुई जना गम्भीर घाइते भएका छन् । आँपटारीका प्रकाश नेपाली र सुनिल खनाल गम्भिर घाइते भएका हुन् । उनीहरुको अनुहार जलेको छ । उनीहरुलाई उपचारको लागि गएराति १ बजे सिमएसी पुर्याइएको थियो ।घाइतेहरुको चितवन मेडिकल कलेज (सिएमसी)को आइसियूमा उपचार भइरहेको छ ।करेन्ट प्रवाह भइरहेको तार चाेर्ने नियतले तार काट्न खोज्दा दुई जना गम्भीर घाइते भएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताएका छन।
काठमाण्डौ । पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको मार्ग खोल्न र स्तरोन्नति गर्ने आयोजना सञ्चालन भएको छ । सङ्घीय सरकारमार्फत मार्ग खोल्ने र प्रदेश सरकारले स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेका हुन् । बेनीदेखि दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुमको टकसेरा जोड्ने सडक निर्माण भएपछि मध्य पहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिने म्याग्दीको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए। “बेनीदेखि मुना हुँदै खोरियासम्म ५० किलोमिटर सडकको स्तरोन्नति प्रदेश सरकारमार्फत र खोरियादेखि ढोरपाटनसम
------- प्रेस विज्ञप्ती -----------.संस्कृति मन्त्रालय जस्तो गरिमामय जिम्वेवारी पदिय दायित्वमा बसेर नेपालको सनातन धर्म संस्कृती माथि गैर -जिम्मेवार टिका -टिप्पणी गर्ने र धम्की दिने " संस्कृति मन्त्री " सुदन किरातीलाई तत्काल बर्खास्त नेपाल भू -भाग संरक्षण मंच यसै बिज्ञप्ति मार्फ़त जोड़दार माग गर्दछ l गैर जिम्वेवार ढङ्गको अभिब्यक्ति रहेको हुदा , हदैसम्मको कार्वाही समेत गर्न माग पनि मंच गर्दछ । नेपालको संस्कृति मन्त्रालयमा रहेर नेपालकै मौलिक परम्परा धर्म संस्कृती, धार्मिक सम्प्रदायको धज्जी उडाउन खोज्ने मन्त्री सुदन किराती वास्तविक देशद्रोही उनी स्वयम्
झापा । राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर जादै छन् ।शनिबार नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गर्ने प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्न उनी विराटनगर जान लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।पौडेल बिहान ११ बजे विराटनगर पुग्ने कार्यक्रम तय भएको छ । उनले विराटनगरस्थित एक होटलमा केही समय त्यहाँका राजनीतिक तथा औद्योगिक क्षेत्रका व्यक्तिसँग भेटघाट समेत गर्नेछन् । राष्ट्रपति पौडेल परिसंघको कार्यक्रममा सहभागी बनेर आजै दिउँसो काठमाडौं फर्कने सचिवालयले जनाएको छ ।
एजेन्शी । गाजाको स्वास्थ्य मन्त्रालयले गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा ३९० प्यालेस्टाइनीको मृत्यु भएको र ७३४ जना घाइते भएको जनाएको छ ।मन्त्रालयका अनुसार गत अक्टोबर ७ मा इजरायल-हमास द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा कम्तिमा २० हजार ५७ जना प्यालेस्टाइनीहरू मारिएका छन् भने ५३ हजार ३२० जना घाइते भएका छन् ।करिब दुई दिनको अवरोधपछि बिहीबार राति गाजामा सञ्चार र इन्टरनेट सेवा सञ्चालन भएको प्यालेस्टिनी सुरक्षा स्रोतले जनाएको छ। इजरायलले विगत दुई दिनदेखि गाजा पट्टीको अधिकांश क्षेत्रमा हवाइ, स्थल र समुद्रबाट आक्रमण गरिरहेको छ । त्यस्तै रफाह बाहेक गाजाका अधिकांश क्षेत्रमा इजरायली सेना र
काठमाण्डौ । चितवनको कालिका नगरपालिकामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कार चालक कालिका- ५ बस्ने बर्ष २७ का बिष्णु क्षेत्री रहेका छन।प्रहरीले बताए अनुसार शुक्रवार दिउँसो करिब १:५० बजेको समयमा कालिका – १ को लंकालाईनमा भरतपुर बाट खालेसिमल तर्फ जाँदै गरेको बा.११ च ८७८९ नं. को कारको अगाडिको बायाँ तर्फको टायर पड्किन जाँदा कार अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो।घाइते चालक क्षेत्रीको उपचारका क्रममा नयां मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले बताएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.