हेटौँडा— आन्तरिक राजस्व कार्यालय हेटौँडाले लामो समयदेखि कर नबुझाएका १२२ करदाता कारबाहीमा परेका छन् । लामो समयदेखि मूल्य अभिवृद्धि, आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीको बक्यौता नबुझाउने १२२ जना कारबाहीमा परेका हुन् ।

कर नबुझाउने १२२ करदातामाथि कारबाहीको प्रक्रिया अघि बढाइएको कार्यालयका प्रमुख युक्तप्रसाद सुवेदीले जानकारी दिए। 

अब निर्धारित मितिमा बक्यौता दाखिला नगरे बैंक खाता, घरजग्गा तथा आयातनिर्यात रोक्का गरिने चेतावनी प्रमुख सुवेदीले दिए।  कर नबुझाउनेहरूको अभिलेख तयार भएको उनले बताए। साथै नियमित बजार अनुगमनपछि आर्थिक वर्ष २०८१/८२ मा करदाता बढेका छन् ।