धरान— कोशी राजमार्गअन्तर्गत धरान–तरहरा सडकखण्डको चारकोसे झाडी क्षेत्रमा आज एक मोटरसाइकल दुर्घटना हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्।

प्रदेश २–००३४२७२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा लहान नगरपालिका निवासी ३२ वर्षीय विमल कुमार शाह गम्भीर घाइते भएका हुन्। दुर्घटनापछि उनलाई तत्काल उपचारका लागि धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

तरहरा प्रहरी चौकीका इन्चार्ज टिका नेपालका अनुसार, दुर्घटना अत्यधिक गति र सडकको अवस्था मिलेर भएको अनुमान गरिएको छ। मोटरसाइकल एक्लै दुर्घटनामा परेको र अन्य सवारीको संलग्नता नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।